RECOFTC नेपाल
जानकारी - रिकफ

हाम्रो दृष्टि तथा परिकल्पणाहरु

रिकफ्टले एसिया तथा प्रशान्त क्षेत्रभित्र वन सगँ सम्बन्धीत वरपरका सबै स्थानीय बासिन्दाहरुले दिगो रुपमा समानताको वातावरण सहित आफ्नो जिविकोपार्जन गर्न सक्षम हुन् भन्ने परिकल्पना राखेको छ ।

रिकफ्टले एसिया तथा प्रशान्त क्षेत्रभित्र वन सगँ सम्बन्धीत वरपरका सबै स्थानीय बासिन्दाहरुले दिगो रुपमा समानताको वातावरण सहित आफ्नो जिविकोपार्जन गर्न सक्षम हुन् भन्ने परिकल्पना राखेको छ।

सन् १९८७ मा स्थापना भएको सुरुवात काल देखिनै रिकफ्टले लिएको यस परिकल्पनाले  गर्दा यस केन्द्र सहज रुपमा अगाडि बढ्न र  परिवर्तनशिल समयमा स्थीर रही अगाडि बढ्न सक्षम भएको छ। सन् १९७० को अन्त्य तिर सरकारलेमात्र व्यवस्थीत गरेको वनहरु मात्रै जिविकोपार्जनको लागि पार्यप्त छैन भन्ने कुरा यस केन्द्रले महशुस गर्यो र त्यसको लगतैका बर्षहरु अर्थात् सन् १९८० मा पा्रकृतिक सा्रेतहरु पनि व्यापक रुपमा उत्खनन गरिएको थियो र वनमा आस्रित एसिया प्रशान्तको करोडौँ जनताहरुको जिविकोपार्जमा हा्रस आउदै गरेको प्रष्ट रुपमा देखिएको थियो। यस वास्तविकताको महशुस नै रिकफ्टलाई उदेश्य पा्रप्तीको पहिलो खुड्कीलो बन्यो। अहिलेको सन्र्दभमा हेर्ने हो भने सामुदायिक वनहरु  थुपै मात्रमा फस्टाउदै त गए तर पा्रविधिक ज्ञान , सिप र प्रभावशाली दृष्टीकोणको कमीले गर्दा नीति निर्माण तथा सामुदायिक वनको थप कार्यन्वयनमा बाधा पुर्याएको छ।

केन्द्रको यो बुझाईले गर्दा नागरिक र वनको केन्द्र ( रिकफ्ट) को स्थापना भयो ।स्थापना गर्नको लागि स्वीजर ल्याण्ड सरकार, थाईल्याडको क्यासेस्टार विश्वविधालय  र सयुक्त राष्ट्र अमेरिकाको एफ ए वो ले सहयोग गर्यो। क्यासेस्टार विश्वविधालयका डाक्टर सोमसक सुकवोगँको नेत्तृत्वमा यो सगँठन पहिला सामुदायिक वन सँग सम्बन्धीत तालिम तथा अनुसन्धान गर्ने केन्द्रको रुपमा स्थापना भएको थियो तर तेह्र बर्षको अनुभव पछि यो एक अन्र्तराष्ट्रीय सगँठनको रुपमा चिनिन पुग्यो र त्यसको अर्को एक दशकमा त औपचारिक राष्ट्रिय कार्यक्रमहरुमार्फत कम्बोडिया, इन्डोनेसिया, लाओ जनगणतन्त्र, म्यानमार, थाइल्यान्ड, भियतनाम र नेपालमा मा आफ्नो कार्यलय स्थापना गर्यो।

रिकफ्टले एसिया तथा प्रशान्त क्षेत्रभित्र वन सगँ सम्बन्धीत वरपरका सबै स्थानीय बासिन्दाहरुले दिगो रुपमा समानताको वातावरण सहित आफ्नो जिविकोपार्जन गर्न सक्षम हुन् भन्ने परिकल्पना राखेको छ।

तिन दशक पछि अर्थात सन् २०१८ मा , यस सगँठनले नागरिक र वनको केन्द्र (रिकफ्ट) भनेर नयाँ नाम लियो।

रिकफ्टले तिन दशक देखि आफ्नो कार्यक्रमहरु कार्यन्वयन गरेर वन अन्तर्गतका विभिन्न सरकारी निकायहरु, गैरसरकारी संस्थाहरु, विश्वविध्यालय र निजि सँस्थाहरु सगँ रणनीतिक सम्बन्ध राख्दै समावेशी र दिगो समुदाय निमार्णमा टेवा पुर्याएको छ र यसको चारवटा मुख्य मर्गनिर्देशका सिधान्तहरु यस प्रकारका छन्।

  1. प्रष्ट तथा बलिया हकहरुको आवश्यकता;
  2. समुदाय, सरकार र निजी क्षेत्रहरुको सग्ँलगनता;
  3. राष्ट्रिय वन नीति, कार्यक्रम र नियमित फ्रेमओर्कको विकास र कार्यन्वयनको लागि शुसासन अत्यावश्यक छ;
  4. गरिबी निवारण तथा जनसहभागिताको लागि फाइर्दाहरुको उचित बाडफाडको जरुरत छ।